FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

नेपालले जर्सीविरुद्धको दुई खेलको एकदिवसीय क्रिकेट शृङ्खला जितेको छ।

दोस्रो खेलमा जर्सीलाई डकवर्थ लुइस (डीएलएस) पद्धतिका आधारमा आठ रनले पराजित गर्दै नेपालले सिरिज २–० ले आफ्नो पोल्टामा पारेको हो।

पहिलो खेलमा नेपाल ८१ रनले विजयी भएको थियो।

जर्सीले दिएको २ सय ८३ रनको विशाल लक्ष्य पछ्याउने क्रममा नेपालले ४६ औं ओभरमा ब्याटिङ गरिरहँदा वर्षाले खेल रोकिएको थियो। त्यसपछि खेल अघि बढ्न नसकेपछि डीएलएसका आधारमा नेपाललाई विजयी घोषित गरियो। खेल रोकिँदा दिपेन्द्रसिंह ऐरी ३४ र कप्तान रोहित पौडेल २१ रनमा अविजित थिए।

त्यसअघि नेपालका लागि इशान पाण्डेले ९० रनको उत्कृष्ट इनिङ खेले भने कुशल भुर्तेलले ५१ रनको योगदान दिए। यस्तै भिम सार्कीले ३७ रन बनाउँदा आरिफ शेख ३ रनमा आउट भए। पहिले ब्याटिङ गरेको जर्सीले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २ सय ८२ रनको बलियो योगफल खडा गरेको थियो। उसका शीर्ष क्रमका ब्याट्सम्यानले उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले ठूलो लक्ष्य पाएको हो।

बलिङतर्फ नेपालका करण केसी र सन्दीप लामिछानेले २–२ विकेट लिए। ललित राजवंशीले एक विकेट हात पारे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय