FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

ट्याक्टर दुर्घटना हुँदा कञ्चनपुरको बेदकोट नगरपालिका घर भएका ४४ वर्षीय चालक देवसिंह भण्डारीको मृत्यु भएको छ । बिहीबार दिउँसो बैतडीको पुर्चौडी नगरपालिका –१ रोतेशिला क्षेत्रमा पुरघाटबाट ढोल्यामोडर्फ जाँदै गरेको सुपप्र ०२–००१ त १६०० नम्बरको ट्याक्टर दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक, भुवन तिम्सिनाका अनुसार, बिहीबार दिउँसोे ट्याक्टर दुर्घटना हुँदा चालक भण्डारीको घटनास्थलमै मृत्यु भएको छ । प्रहरीका अनुसार ट्याक्टर सडकबाट करिब २५ मिटर तल खसेको छ ।

ट्याक्टरमा चालक भण्डारी बाहेक अन्य कोही सवार नरहेको प्रहरीले बताएको छ । घटनास्थलको मुचुल्का उठाउनका साथै, मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल लैजाने तयारी गरिएको प्रहरीले जनाएको छ । दुर्घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक तिम्सिनाले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय