FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

सडक विभागले पहिरोका कारण अवरुद्ध रहेको सिन्धुपाल्चोकस्थित अरनिको राजमार्गअन्तर्गत कोदारी सडक आज साँझसम्म सञ्चालनमा ल्याउने प्रयास भइरहेको जनाएको छ ।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ (तातोपानी जाने बाटो) जिरोकिलो तथा भोटेकोशी गाउँपालिका–२ कोदारी क्षेत्रमा पहिरो खस्दा अरनिको राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको हो । मौसम अनुकूल रहे सडक आजै साँझदेखि सञ्चालनमा ल्याउने लक्ष्यका साथ काम भइरहेको विभागको भनाइ छ ।

सडक विभागका महानिर्देशक विजय जैशीले ठूलो वर्षा नभए आज साँझबाट र वर्षा निरन्तर भए भोलिदेखि सडक सञ्चालनमा ल्याउने गरी काम भइरहेको जानकारी दिए । “वर्षा कम भए आज साँझबाटै कोदारी सडक सञ्चालनमा ल्याउने लक्ष्य छ । वर्षा निरन्तर भए भोलिसम्म सडक खुलाउने गरी काम भइरहेको छ”, उनले भने ।

महानिर्देशक जैशीका अनुसार अवरद्ध सडकखण्ड छिटो सञ्चालनमा ल्याउन सम्भावित पहिरो प्रभावित स्थानमा डोजर, एक्साभेटर, लोडर लगायतका हेभी उपकरण तयारी अवस्थामा राखिएको छ । पहिरो हटाउने कार्य तीव्र गतिमा भइरहेको उनले बताए ।

देशका विभिन्न स्थानमा भइरहेको भारी वर्षाका कारण राजमार्गमा पहिरोको जोखिम बढिरहेकाले सडक विभागले आवश्यक सतर्कता अपनाउन तथा यात्रा गर्दा सडकको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय