FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

पृथ्वी राजमार्गअन्तर्गत चितवनका दुई ठाउँमा खसेको पहिरो पन्छाइएको छ । धादिङतर्फ सडक अवरुद्ध भएकाले सवारी आवागमन भने सञ्चालन हुन सकेको छैन ।

पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–२ फिस्लिङको पानीधारा र चुमखोलामा पहिरो खस्दा सडकमा यातायात अवरुद्ध भएको थियो । आज बिहान खसेको पहिरो पन्छाएर ९ः३० बजेदेखि सडक सञ्चालनमा ल्याइएको छ ।

 

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार धादिङको जवाङ खोलामा पहिरो झरेकाले चितवनतर्फको पहिरो पन्छाए पनि गाडी सञ्चालन हुन भने सकेको छैन । चितवनतर्फका गाडीलाई चुम्लिङटार, कुरिनटार र मुग्लिनमा रोकिएको छ । नारायणगढ–मुग्लिन सडकखण्डबाट पोखरातर्फ जाने आउने गाडी बिहानैदेखि सञ्चालनमा छन् ।

स्थानीय प्रशासनले पहिरोको जोखिम हुनसक्ने जनाउँदै गएरातिदेखि सवारीसाधन आवागमनमा रोक लगाएको थियो । नारायणगढ–मुग्लिन सडकखण्ड र पृथ्वी राजमार्गमा सवारी रोकिएको हो । गए रातिबाट रोकिएका सवारीसाधन अझैसम्म सञ्चालन हुन नसक्दा सडकमा सवारीको लाम लागेको छ । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय