FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

नेपाली कांग्रेस बाराको पार्टी कार्यालय सञ्चालनको विषयलाई लिएर दुई समूहबिच झडप भएको छ । तत्कालीन जिल्ला सभापति राजेश राय यादव र कार्यवाहक सभापति मनोज भट्ट पक्षका कार्यकर्ताहरूबिच पार्टी कार्यालय परिसरमै झडप भएको हो ।

पार्टीको केन्द्रीय अनुशासन विभागले तत्कालीन सभापति यादवलाई कारबाही गरेपछि उपसभापति मनोज भट्टलाई कार्यवाहक सभापतिको जिम्मेवारी दिइएको थियो । साउन ६ गते पर्ने बीपी कोइरालाको स्मृति दिवसको पूर्वतयारी स्वरूप आज पार्टी कार्यालय सरसफाइ गर्न भट्ट समूहका समर्थकहरू पुगेपछि दुई पक्षबिच विवाद र नाराबाजी सुरु भएको थियो ।

कार्यवाहक सभापति भट्टले पार्टीको निर्णय र नेता गगन थापाको निर्देशनअनुसार आफूले जिम्मेवारी पाएको बताए । ‘पार्टीले मलाई कार्यवाहक सभापतिको जिम्मेवारी दिइसकेपछि कार्यालयको कागजपत्र र भवन बुझ्न आज हामी कार्यालय पुगेका थियौँ,’ भट्टले भने, ‘तर उहाँहरूले कागजात दिन मान्नुभएन । विशेष महाधिवेशनबाहेक अरूलाई स्वीकार गर्दिनँ भन्दै भवन खाली गर्न अस्वीकार गर्नुभयो ।’

यता, निवर्तमान सभापति राजेश राय यादवसँग यस विषयमा बुझ्न खोज्दा आफू अहिले छलफलमा रहेकाले पछि मात्र कुरा गर्ने बताए ।

पार्टी कार्यालयमा प्रवेश गर्न रोकिएपछि दुवै समूहबिच धकेलाधकेल र ढुङ्गामुढासमेत भएको थियो । झडपका क्रममा केही कार्यकर्ता सामान्य घाइते भएका छन् । स्थिति तनावपूर्ण बन्दा समेत स्थानीय प्रशासन मूकदर्शक बनेको प्रत्यक्षदर्शीहरूले आरोप लगाएका छन् ।

हाल विवाद समाधानका लागि पार्टी कार्यालयमा दुवै समूहबिच छलफल भइरहेको जनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय