FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

५ साउन, काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज जारी खेलमा नेपालले नामिबियालाई जितको लागि १५८ रनको सामान्य लक्ष्य दिएको छ ।

नेदरल्यान्डसको उट्रेच स्टेडियमा जारी खेलमा नेपालले ४६ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै १५७ रनको योगफल बनायो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३१ रनको योगदान दिए । उनले ६० बलमा ३१ रन बनाएका हुन् ।

त्यसैगरी दीपेन्द्रसिंह ऐरीले ५० बलमा दुई चौकाको सहायतामा ३० रन जोड्दा गुल्शन झाले २० रन बनाए । त्यस्तै करण केसीले १८, आसिफ शेखले १६ तथा सोमपाल कामीले १५ रन जोडे । बलिङतर्फ नामिबियाका योहानस जोनाथन ९जेजे० स्मिथले सर्वाधिक ६ विकेट लिए । विश्वकप लिग–२ मा नेपालले २४ अङ्क जोडेको छ । नेपाल तालिकाको पाँचौँ स्थानमा छ । त्यसैगरी नामिबिया भने २२ अङ्कसहित अङ्क तालिकाको सातौँ स्थानमा छ । अमेरिका भने ४३ अङ्कसहित अङ्क तालिकाको शीर्ष स्थानमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय