FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

हुँको व्यास नगरपालिका–७ स्थित कलेस्ती पुलमा मङ्गलबार दिउँसो भएको बस दुर्घटनामा घाइते हुनेको सङ्ख्या १७ पुगेको छ। यसअघि १० जना घाइते भएको प्रारम्भिक विवरण प्राप्त भएकोमा उपचारका लागि अस्पताल ल्याइएका थप घाइतेहरूको तथ्याङ्क थपिएसँगै सङ्ख्या १७ पुगेको हो।

कलेस्तीबाट दमौलीतर्फ जाँदै गरेको ग १ ख ६४६५ नम्बरको बस अनियन्त्रित भई कलेस्ती खोलाको पुलमा ठोकिएर दुर्घटना भएको थियो। दुर्घटनालगत्तै बसको स्टेरिङ र चालक सिटको बीचमा च्यापिनुभएका चालक व्यास–२ का २६ वर्षीय शम्शेर परियारको प्रहरी टोलीले उद्धार गरेको थियो।

घटनालगत्तै जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेको कमान्डमा खटिएको १७ जनाको प्रहरी टोलीले घाइतेहरूको उद्धार गरी उपचारका लागि दमौलीस्थित रत्नहरि अस्पताल पठाएको थियो।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार दुर्घटनामा परी घाइते हुनेहरूमा व्यास–२ का चालक शम्शेर परियार, व्यास–४ की ६० वर्षीया श्रीमाया परियार, लमजुङको मध्यनेपाल–१ की ३५ वर्षीया शान्ता गौतम, मध्यनेपाल–४ की ३२ वर्षीया निरा गौतम र सोही ठाउँकी २९ वर्षीया सुस्मिता शाही हुनुहुन्छ।

त्यस्तै व्यास–११ की ६० वर्षीया चन्द्रमाया गुरुङ, व्यास–२ की ४७ वर्षीया अनिता गुरुङ, व्यास–२ कै ४९ वर्षीया बिन्दु गुरुङ, कास्कीको रुपा–१ की ५० वर्षीया स्वस्तिकला खनाल, व्यास–६ की २७ वर्षीया सुजिता पौडेल, व्यास–१ की आठ वर्षीया सान्भी गिरी, सोही ठाउँकी ४० वर्षीया दीपा खान, ५१ वर्षीया सीता नेपाली, ३५ वर्षीया हिरा मल्ल र ४४ वर्षीया नुनिमाया थापा घाइते हुनुभएको छ।

पछिल्लो विवरण अनुसार व्यास–१ की ४५ वर्षीया लक्ष्मी शाही र लमजुङको मध्यनेपाल नगरपालिका–९ का ३० वर्षीय श्रीमान् बुढा थप घाइतेका रूपमा अस्पताल भर्ना हुनुभएको छ। घाइतेमध्ये चालक परियारको अवस्था गम्भीर रहेको र अन्य १६ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

दुर्घटनापछि प्रभावित बनेको व्यास मार्गमा अहिले सवारी आवागमन पूर्ण रूपमा पुनः सञ्चालन भइसकेको छ भने सडकबाट दुर्घटनाग्रस्त बस हटाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। अस्पतालमा घाइते ल्याउने क्रम जारी रहेकाले सङ्ख्या अझै थपिन सक्ने प्रहरीको भनाइ छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय