FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

पाकिस्तानमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) च्याम्पियनपिसमा नेपालले शुक्रबार घरेलु टोली पाकिस्तानसँग खेल्दैछ। खेल नेपाली समयअनुसार बेलुका पौने ६ बजे सुरु हुनेछ।

पछिल्ला दुई खेलमा पराजित नेपाली टोली पहिलो जितको लक्ष्यमा छ। यसअघिका खेलमा नेपाल क्रमशः कजाखस्तान र श्रीलंकासँग समान ३–२ सेटको नतिजामा पराजित भएको थियो। नेपाल दुई अंकसहित तालिकाको अन्तिममा छ। घरेलु टोली पाकिस्तान दुई खेलमा विजयी हुँदै छ अंकका साथ तालिकाको शीर्ष स्थानमा रहेको छ।

सिंगल राउन्ड रोविन लिगपछि शीर्ष चार टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्। शीर्ष चारमा अटाउन नसक्ने टोलीले पाँचौं स्थानका लागि प्रतिस्पर्धा गर्नेछन्।

सेमिफाइनल १ मा शीर्ष र चौथो स्थानमा रहने टोलीबीच भिडन्त हुनेछ। त्यस्तै सेमिफाइनला २ मा दोस्रो र तेस्रो स्थानमा रहने टोलीले एकअर्कासँग खेल्नेछन्।

पाकिस्तानपछि नेपालले आइतबर बंगलादेश र सोमबार पहिलो चरणको अन्तिम खेलमा उज्वेकिस्तानसँग खेल्नेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय