अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिका वडा नम्बर ३० का लेखा अधिकृत उद्धव भट्टराईलाई घुस रकमसहित पक्राउ गरेको छ ।
भट्टराईले स्थायी लेखा नम्बर बन्द गर्नका लागि वडा कार्यालयबाट दिनुपर्ने सिफारिसको लागि दुःख दिएर सेवाग्राहीसँग घुस माग गरेको आरोपमा पक्राउ गरिएको हो ।
उजुरीका आधारमा आयोगको टोलीले लेखा अधिकृत भट्टराईलाई सेवाग्राहीबाट २१ हजार घुस लिइसकेको अवस्थामा पक्राउ गरेको हो । अख्तियार उनीमाथि अनुसन्धान थालेको छ ।






