FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका –१२ छिर्कनेमा बिहीबार दिउँसो ४ः२५ बजे माइक्रो बस (हाइस) दुर्घटना हुँदा आठ जना घाइते भएका छन् ।

काठमाडौँबाट पोखरा जाँदै गरेको ग १ ख ०१७१ नम्बरको हाइस अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।  दुर्घटनाको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय तनहुँबाट प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेको कमाण्डमा ट्राफिक प्रहरीसहित १५ जनाको टोली घट्नास्थल पुगेर घाइतेहरूको उद्धार गरेको थियो ।

घिमिरेका अनुसार १२ जना सवार रहेको हाइसमा चारजना सकुशल रहेका छन् । आठ जना घाइते भएका छन् ।  घाइतेमध्ये बाँकेको खजुरा गाउँपालिका –२ का ३२ वर्षीय रमेश क्षेत्री, काठमाडौँको नागार्जुन नगरपालिका –१ की ५६ वर्षीया शशिकला अधिकारी, कास्कीको पोखरा महानगरपालिका –११ का ५५ वर्षीय दयाराम पोखरेल, झापाको भद्रपुर नगरपालिका –१ की ३५ वर्षीया तारा सुब्बा, दैलेखको दुङ्गेश्वर गाउँपालिका –२ का २७ वर्षीय नवीन खड्का र सप्तरीको खडक नगरपालिका –४ अमाहाका १७ वर्षीय उज्ज्वल यादवको लक्ष्मी अस्पताल डुम्रेमा उपचार भइरहेको छ ।

यस्तै, बझाङको जयपृथ्वी नगरपालिका –२ बाजगाउँका २९ वर्षीय माधवप्रसाद जोशी र बझाङकै बित्थडचिर गाउँपालिका –८ सुनपुणाका २४ वर्षीय जीवन जोशीको दमौलीस्थित प्रदेश अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनाको जानकारी पाएलगत्तै प्रहरी नायब उपरीक्षक घिमिरेको कमान्डमा ट्राफिक प्रहरीसहित १५ जनाको टोली घटनास्थलमा खटिएर घाइतेको उद्धार गरी उपचारका लागि अस्पताल पठाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय