FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

९ रोल्पा, साउन । वर्षाको झरी, उकालो बाटो र साना पाइला। गुलाबी, हरियो र पहेँलो रेनकोट ओढेर विद्यालयतर्फ लम्किरहेका तीन बालिकाहरूको भिडियोले लाखौं मानिसको मन छोयो । सामाजिक सञ्जालमा भाइरल बनेको यही दृश्यले अब उनीहरूको जीवनमा नयाँ आशाको ढोका खोलेको छ।

रुन्टीगढी गाउँपालिका–४ टोलबाङका मनजीता पुन, सियाँ घर्ती र मनजीता घर्ती अब उच्च शिक्षासम्म निःशुल्क अध्ययन गर्न पाउने भएका छन्। स्थानीय एडभान्स चाइल्ड केयर इङ्लिस बोर्डिङ स्कुल र रुन्टीगढी गाउँपालिकाले उनीहरूको शिक्षाको सम्पूर्ण जिम्मेवारी लिने प्रतिबद्धता जनाएका हुन्।

हाल सियाँ ३ वर्षकी छन्, भने दुई मनजीता ५ र ६ वर्षका छन्। उनीहरू सुर्पाल बजारस्थित एडभान्स चाइल्ड केयर इङ्लिस बोर्डिङ स्कुलमा क्रमशः नर्सरी, एलकेजी र कक्षा १ मा अध्ययनरत छन्।

शुक्रबार समाजसेवी तथा पत्रकार भुवन थापाको समन्वयमा गाउँपालिका अध्यक्ष जनक पुन, विद्यालयका प्रिन्सिपल तेजबहादुर पुन, भिडियो खिच्ने लोकेन पुनलगायतको टोली बालिकाहरूको घर पुगेको थियो। अभिभावकसँगको छलफलपछि उनीहरूलाई उच्च शिक्षासम्म निःशुल्क अध्ययन गराउने सहमति भएको हो।

सहमतिअनुसार विद्यालयले कक्षा ६ सम्मको सम्पूर्ण शैक्षिक खर्च व्यहोर्नेछ भने कक्षा ७ देखि उच्च शिक्षासम्मको अध्ययनको जिम्मेवारी रुन्टीगढी गाउँपालिकाले लिने जनाएको छ।

तीनै बालिकाका बुबा वैदेशिक रोजगारीमा रहेका छन्। आर्थिक अभाव र कठिन परिस्थितिका बीच पनि विद्यालय जाने उनीहरूको दृढ इच्छाशक्तिले धेरैको मन छोएको थियो। सामाजिक सञ्जालमा भाइरल बनेको एउटा साधारण भिडियोले अन्ततः तीन साना सपनाहरूलाई उज्यालो भविष्यतर्फ डोर्‍याएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय