FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

लगातारको वर्षापछि आएको पहिरोका कारण नाग्मा–गमगढी सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।

मुगुको छायाँनाथ रारा नगरपालिका–८ स्थित झ्यारी खोलामा ठूलो पहिरो खसेपछि सडक पूर्ण रूपमा बन्द भएको छायानाथ रारा नगरपालिका वडा न ८ का स्थानीयवासी रतन रावलले जानकारी दिनुभयो ।

सडक अवरुद्ध हुँदा गन्तव्यतर्फ जाँदै गरेका यात्रुवाहक तथा मालवाहक सवारीसाधन बीच बाटोमै अलपत्र परेका छन् भने यात्रुले सास्ती व्यहोर्नुपरेको उहाँले बताउनुभयो ।

पहिरो हटाउन प्रारम्भमा सानो जेसीपी प्रयोग गर्ने प्रयास गरिए पनि ठूलो परिमाणमा ढुङ्गामाटो खसेकाले सम्भव नभएको सडक  डिभिजन कार्यालयका सुपरभाइजर जग्गी मल्लले जानकारी  दिनुभएको छ।

मल्लका अनुसार मौसमले साथ दिएमा सडक सञ्चालनमा आउन अझै दुईदेखि तीन दिन लाग्ने अनुमान गरिएको छ।सडक अवरुद्ध भएसँगै मुगु आवतजावत गर्ने यात्रु तथा दर्जनौँ सवारीसाधन प्रभावित भएका छन्।

यता जिल्ला प्रशासन कार्यालय मुगुका प्रमुख जिल्ला अधिकारी पोषणराज भण्डारीका अनुसार छिटोछरितो सडक सुचारु गर्ने छायानाथ रारा नगरपालिका वडा नं ७ को पिना चौकीका सुरक्षाकर्मी र निर्माण व्यावसायीको जेसीपीले पहिरो पन्छाउने काम गरेको छ।

उहाँले भन्नुभयो, “सम्बन्धित निकायले अत्यावश्यक बाहेकको यात्रा नगर्न तथा सडक सञ्चालनबारे आधिकारिक सूचना आएपछि मात्रै यात्रा गर्न सर्वसाधारणलाई आग्रह गर्नुभएको छ।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय