FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभर्याङस्थित यातायात व्यवस्था कार्यालय अगाडि एक पुरुष रक्ताम्य अवस्थामा मृत फेला परेका छन् । मृतक मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ३ चित्लाङ निवासी आसमान गोपालीको भएको छ बताइएको छ ।

घटनास्थलमा ठूलो मात्रामा रगत देखिएको छ भने घटनापछि मृतकसँगै रहेकी एक महिला फरार रहेको र उनको खोजी तीव्र रूपमा भइरहेको प्रहरीले जनाएको छ ।

घटनाको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक (एसपी) श्यामबहादुर खत्री स्वयं घटनास्थलमा पुगेर अनुसन्धानको नेतृत्व गरिरहेका छन् ।

घटनास्थललाई सुरक्षा घेराभित्र राखी प्रमाण सङ्कलन, प्रत्यक्षदर्शीसँग सोधपुछ तथा अन्य अनुसन्धान कार्य तीव्र रूपमा अघि बढाइएको प्रहरीले जनाएको छ ।

त्यसैगरी जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका इन्स्पेक्टर राजु बिष्ट पनि घटनास्थलमा परिचालित छन् । हेटौँडा उपमहानगरपालिका–११ की वडा अध्यक्ष समेत घटनास्थलमा पुगेर मृतकका आफन्तसँग समन्वय र आवश्यक सहयोगमा जुटेकी छन् ।

प्रहरीले घटनालाई गम्भीर रूपमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ । घटनाको वास्तविक कारण, फरार महिलाको संलग्नता तथा मृत्युको प्रकृतिबारे आधिकारिक निष्कर्ष आउन बाँकी छ । घटनाबारे थप विवरण प्रहरीले सार्वजनिक गर्नेक्रम जारी रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय