FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

लघुवित्त तथा वित्तीय शोषण विरुद्धको संघर्ष समिति नेपाल, केन्द्रीय समितिको आह्वानमा मणिराम ज्ञवाली नेतृत्वको समूहले सोमबारदेखि काठमाडौंको माइतीघर मण्डलामा सामूहिक आमरण अनशन सुरु गरेको छ ।

‘ऋणमुक्त जनता, ऋणमुक्त देश’ भन्ने नारासहित सुरु गरिएको आन्दोलनमा देशका विभिन्न स्थानबाट आएका सहभागीहरूले लघुवित्त पीडितसँग सम्बन्धित सर्वोच्च अदालतको परमादेश तत्काल कार्यान्वयन गर्न, विशेष वित्तीय ऐन खारेज गरी मुलुकी देवानी संहितामा आधारित वित्तीय प्रणाली लागू गर्न, गरिब, मजदुर, सुकुम्वासी र किसानलाई ब्याज छुटसहित ऋण उपलब्ध गराउन, आवश्यकता र क्षमताको आधारमा काम र पारिश्रमिक सुनिश्चित गर्न तथा निजी बैंक तथा वित्तीय संस्थासम्बन्धी नीतिमा पुनर्विचार गर्नुपर्ने माग अघि सारेका छन्।

संघर्ष समितिले आफ्ना माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय