FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

वीरगन्जस्थित नारायणी अस्पतालका चिकित्सकहरूले चिकित्सकमाथि भएको आक्रमण र अस्पतालमा भएको तोडफोडको विरोधमा सामूहिक रूपमा राजीनामा दिएका छन्।

अस्पतालका करिब ७० चिकित्सकमध्ये करिब ४० जनाले मेडिकल सुपरिन्टेन्डेन्ट डा. चित्तरञ्जन साहसमक्ष राजीनामा बुझाइसकेका छन्। बाँकी चिकित्सकहरूको हस्ताक्षर संकलन भइरहेको जनाइएको छ।

गत शनिबार भएको घटनापछि आन्दोलनमा उत्रिएका चिकित्सकहरूले प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षकको राजीनामा माग गरेका थिए। आफ्ना माग सम्बोधन नभएपछि उनीहरूले सामूहिक राजीनामा दिने निर्णय गरेका हुन्।

शनिबार नारायणी अस्पतालमा चिकित्सकमाथि कुटपिट हुनुका साथै अस्पतालमा तोडफोड भएको थियो। उक्त घटनापछि स्वास्थ्यकर्मीहरू आन्दोलनमा उत्रिएका छन्।

आन्दोलनका कारण हाल अस्पतालको आकस्मिक सेवासमेत ठप्प भएको छ भने अस्पतालको सेवा प्रवाहमा गम्भीर असर परेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय