एमबीएसको प्रश्नपत्र आउट प्रकरणमा थप दुई जना पक्राउ परेका छन् ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले रौतहटको राजदेवी नगरपालिका–४ का २५ वर्षीय अतुल कुमार मिश्र र बाराको लिपनीमाल घर भएका ३१ वर्षीय अब्दुल सानी हाकिमलाई पक्राउ गरेको हो ।
यसअघि उक्त प्रकरणमा दुई जना पक्राउ परेका थिए । थप दुई जना पक्राउ परेसँगै प्रश्नपत्र आउट प्रकरणमा पक्राउ पर्नेको संख्या चार पुगेको छ ।
एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र आउट भएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।
पक्राउ परेकाहरूमाथि शिक्षा ऐनअन्तर्गतको कसुरमा अनुसन्धान भइरहेको सीआईबीका एसएसपी अनुपम शमशेर जबराले जानकारी दिए ।






