जिल्ला प्रहरी कार्यालय पर्सा प्रमुख एसपी सुदीप पाठक प्रहरी हेडक्वार्टर तानिएका छन्।
उनको ठाउँमा काठमाडौँ प्रहरी प्रवक्ताको जिम्मेवारी सम्हालेका पवन भट्टराई सरुवा भएका छन्।
वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि दुर्व्यवहार भएको थियो। सो घटनामा चिकित्सकको वार्ता टोलीलाई एसपी पाठकले दुर्व्यवहार गरेको आरोप लागेको थियो।
त्यसपछि चिकित्सकहरूले उनको सरुवा गर्नुपर्ने माग राखेका थिए।
पाठक २०८२ असोजमा पर्सा सरुवा भएका थिए।






