FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

बुधबार बिहानबाट अवरुद्ध कर्णाली राजमार्ग खुलेको छ । राजमार्ग अन्तर्गत कालीकोट जिल्लाको सेरावाडा क्षेत्रमा बुधवार बिहान गएको पहिरो पन्छाएपछि आजबाट राजमार्ग सञ्चालनमा आएको हो ।

पहिरोका कारण सडक अवरुद्ध हुँदा सयौँ यात्रुबीच बाटोमै अलपत्र परेका थिए ।

पहिरोका कारण सवारी साधन आवतजावत पूर्ण रूपमा रोकिएपछि मुगु, जुम्ला, कालीकोट तथा सुर्खेततर्फ आवतजावत गर्ने यात्रुले सास्ती खेप्नुपरेको थियो । सडक डिभिजन कार्यालय जुम्लाको टोलीले तत्काल पहिरो पन्छाउने कार्य सम्पन्न गरेपछि बिहानैदे्खि कर्णाली राजमार्गमा सवारी आवागमन पुनः सञ्चालनमा आएका छन् ।

सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख श्रवण कुमार महताराका अनुसार पहिरो हटाइएपछि राजमार्ग पूर्ण रूपमा सञ्चालनमा आएको र यातायात सेवा पुनः सुचारु भएका छन् । जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख डि एस पि हिम वहादुर खत्रीले वर्षायाममा थप पहिरो खस्न सक्ने सम्भावना रहेकाले यात्रा गर्दा आवश्यक सतर्कता अपनाउन सबै यात्रुलाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय