FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

यातायात व्यवस्था विभागले साढे २७ लाख सवारी चालक अनुमति पत्र छपाइ सम्पन्न भएको जानकारी गराएको छ । विभागले बिहीबार एक विज्ञप्ति जारी गर्दै असार मसान्तसम्म छपाइ हुन बाँकी रहेका सबै लाइसेन्स छापिएको जानकारी दिएको छ ।

२७ लाख ४७ हजार २५३ थान कार्ड हुलाकमार्फत वितरणका लागि सम्बन्धित यातायात कार्यालयमा पठाइएको विभागले जनाएको छ । विभागका अनुसार १२ कात्तिक २०८२ मा विभाग र सुरक्षण मुद्रण केन्द्रबीचको सम्झौता अनुसार लाइसेन्स छाप्ने कामले तीव्रता पाएको हो ।

अहिले म्याद सकिन एक वर्ष भन्दा कम अवधि भएका लाइसेन्स भने छापिएको छैन । यस्ता लाइसेन्सको नवीकरणपछि १० वर्ष अवधिको लाइसेन्स प्राप्त हुने भन्दै विभागले एक वर्ष भन्दा कम अवधि भएका लाइसेन्स बाहकलाई पायक पर्ने यातायात कार्यालयमा नवीकरण गर्न समेत अनुरोध गरेको छ ।

विभागले नयाँ लाइसेन्स प्राप्ति र नवीकरणमा राष्ट्रिय परिचय पत्रमा भएको विवरण प्राप्त गर्न, राजस्व भुक्तानी अनलाइनमार्फत गर्न सकिने गरी प्रणालीमा सुधार गरिएको समेत जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय