FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

 राहदानी विभागले सेवाग्राहीको सुविधालाई ध्यानमा राख्दै सार्वजनिक विदाको दिनमा पनि सेवा सूचारु गर्ने भएको छ ।

विभागले एक विज्ञप्ती जारी गर्दै दक्षिण कोरियाको रोजगारी अनुमति प्रणाली (ईपीएस)अन्र्तगत आवेदन दिने म्यादलाई ध्यानमा राखी राहदानी आवेदन खुला राखिएको जनाएको छ ।

विभागले आगामी साउन १८ गतेसम्म (सार्वजनिक बिदाका दिन शनिबार र आइतबार समेत) राहदानी आवेदन फाराम खुला राख्ने जनाएको हो।

राहदानी विभागले आवेदन फाराम भरेका सेवाग्राहीलाई फाराममा उल्लेख गरिएको मिति र समयमा अनिवार्य रूपमा विभागमा उपस्थित भई राहदानी सेवा लिन आग्रह गरेको छ।

विभागका अनुसार राहदानी सेवा सहज र प्रभावकारी बनाउन सेवाग्राहीको चाप व्यवस्थापन गर्ने उद्देश्यले आवेदन प्रणाली केही दिन थप खुला राख्ने निर्णय गरिएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय