FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

लघुवित्तपीडितहरूले सामूहिक आमरण अनशन तेस्रो पनि जारी राखेका छन् । विभिन्न पाँच बुँदे माग राख्दै साउन १२ देखि काठमाडौंको माइतीघरमा अनशनमा बसेका पीडितहरुले बिहीबार पनि अनशनलाई निरन्तरता दिएका हुन् ।

उनीहरूले सर्वोच्च अदालतको परमादेशबमोजिम लघुवित्त पीडितका तीन बुँदे असहमतिसहित प्रतिवेदन तत्काल कार्यान्वयन गर्न, विशेष वित्तीय ऐन खारेज गरी मुलुकी देवानी आचारसंहितामा आधारित वित्तीय प्रणाली लागू गर्न, गरिब, सुकुम्बासी, मजदुर र किसानलाई बिनाब्याज ऋण उपलब्ध गराउन, आवश्यकता र क्षमताका आधारमा काम र दाम उपलब्ध गराउन र निजी तथा वित्तीय संस्थाहरुको अन्त्य गरी समाजवादी अर्थ व्यवस्था कायम गर्न माग गरेका छन् ।

माग पूरा नभएसम्म आन्दोलन र अनशनलाई निरन्तरता दिने लघुवित्त तथा वित्तीय शोषण विरुद्धको संघर्ष समितिले जनाएको छ । समितिको नेतृत्वमा पीडितहरु आन्दोलनमा उत्रेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय