सिरहाको गोलबजारस्थित एबी मलमा आगजनी भएको छ । गोलबजारमा दुई जनालाई गोली लागेपछि प्रदर्शनकारीहरूले मलमा आगो लगाइदिएका हुन् ।
अहिले आगो नियन्त्रणमा लिने प्रयास भइरहेको सिरहाका प्रहरी प्रवक्ता डीएसपी रमेशबहादुर पालले बताए । यो मल सिरहा सुपरमार्केटद्वारा सञ्चालित छ ।






