FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

पछिल्लो समय देशका विभिन्न स्थानमा देखिएका अप्रत्याशित, असहज तथा संवेदनशील घटनाक्रमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय सर्लाहीले जिल्लामा शान्ति सुरक्षा, अमनचयन र सामाजिक सद्भाव कायम राख्न सबैसँग आग्रह गरेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेद्वारा जारी सार्वजनिक अपिलमा सर्लाहीको सामाजिक सद्भाव, भाइचारा र सांस्कृतिक ऐक्यबद्धतालाई कायम राख्दै जिल्लावासीलाई पूर्ण संयमता अपनाउन अनुरोध गरिएको छ ।

जातीय, धार्मिक वा सामाजिक सद्भाव खलल पुग्ने किसिमका भ्रामक, आपत्तिजनक सामग्री तथा भिडिओ सामाजिक सञ्जालमार्फत सम्प्रेषण वा सेयर नगर्न प्रशासनले आग्रह गरेको छ । त्यस्ता गतिविधिमा संलग्न भई सामाजिक सद्भाव बिगार्ने कार्य गरेमा प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने चेतावनीसमेत दिइएको छ ।

प्रशासनले कुनै पनि प्रकारको द्वन्द्व वा असमझदारी उत्पन्न भएमा संवाद, छलफल र वार्ताका माध्यमबाट समस्याको समाधान खोज्न सबै पक्षसँग अपिल गरेको छ । जिल्लामा शान्ति सुरक्षा र कानुनी राज्यको पालना कायम गराउन स्थानीय प्रशासन तथा सुरक्षा निकायलाई पूर्ण सहयोग गर्न पनि आग्रह गरिएको छ ।

कुनै शंकास्पद वा अवाञ्छित गतिविधिबारे जानकारी प्राप्त भएमा वा हुन सक्ने देखिएमा तत्काल सम्बन्धित निकायलाई सूचना दिन प्रशासनले अनुरोध गरेको छ । सार्वजनिक अपिलमा भनिएको छ, “हाम्रो साझा प्रयास, उच्च संयमता र परिपक्वताले नै आपसी भाइचारा, सांस्कृतिक ऐक्यबद्धता, दिगो शान्ति र सामाजिक सद्भाव कायम रहनेछ ।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय