FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

धनुषा । धनुषा सबैला नगरपालिका–१२ स्थित मन्दिर परिसरमा फेला परेका अन्दाजी ४० वर्षीय बन्ठु राउत कडेरी पुजारी नभएको पुष्टि भएको छ ।

मधेस प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक ९डिआइजी० ओमप्रसाद अधिकारीले कडेरी पुजारी नभएको पुष्टि भएको जानकारी दिए ।

मृत फेला परेका कडेरी पुजारी भएको भन्दै सामाजिक सञ्जाल तथा आमसञ्चार माध्यममा समेत सूचना र समाचार सम्प्रेषण भइरहेको छ ।

यो सूचना सत्य नभएको भन्दै जिल्ला प्रहरी कार्यालय धनुषाले आज विज्ञप्ति समेत जारी गदै कडेरी पुजारी नभई घुमी हिँड्ने व्यक्तिको भएको स्पष्ट पारेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक मधुसुधन न्यौपानेले भने, ‘मन्दिर परिसरमा फेला परेको शव कडेरीको हो । उहाँ मन्दिरका पुजारी नभई घुमी हिँड्ने व्यक्ति भएको पुष्टि भएको छ । घटनाका सम्बन्धमा कुकुरसहितको अनुसन्धान टोली अनुसन्धानका लागि खटिएको छ ।’

प्रहरीले यो घटनालाई धर्मसँग नजोड्न आग्रह गर्दै उनी बाहिर कामकाज गरी मन्दिरमा सुत्न आउने गरेको र घटना विशुद्ध आपराधिक व्यक्तिबाट भएको बताएको छ ।

घटनामा संलग्न जो–सुकैलाई कानुनको दायरामा ल्याइने प्रतिबद्धता पनि प्रहरीले व्यक्त गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय