FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

नेपाल शिक्षक महासंघले शिक्षा ऐन जारी गर्नुपर्ने लगायतका माग राख्दै आगामी भदौदेखि आन्दोलनमा उत्रिने निर्णय गरेको छ।

महासंघको परिषद् बैठकले भदौदेखि आन्दोलन सुरु गर्ने निर्णय गरेको महासचिव तुलाबहादुर थापाले जानकारी दिए। उनका अनुसार आन्दोलनको ठोस मिति र कार्यक्रम भने विस्तारित कार्यालय बैठकले तय गर्नेछ।

महासंघले शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने माग गर्दै आएको छ। त्यस्तै, शिक्षा नियमावलीको १०औँ संशोधनमा समेटिएका केही प्रावधानप्रति पनि महासंघले असन्तुष्टि जनाएको छ। ‘भदौबाट आन्दोलन गर्ने निर्णय भएको छ। आन्दोलनको तिथि मिति विस्तारित कार्यालय बैठकले निर्णय गर्छ,’ थापाले भने।

शिक्षक सरुवालाई व्यवस्थित बनाउनुपर्ने, विद्यालय कर्मचारी तथा ईसीडी शिक्षकको समस्या समाधान गर्नुपर्ने र अस्थायी प्रकृतिका शिक्षकको उचित व्यवस्थापन गर्नुपर्ने माग पनि महासंघले अघि सारेको छ। महासंघले आफ्ना माग सम्बोधनका लागि सरकारमाथि दबाब बढाउने तयारीस्वरूप आन्दोलनको निर्णय गरेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय