FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

बाजुरा । बाजुरामा विषालु जङ्गली च्याउ खाएर एक जनाको मृत्यु भएको छ । जिल्लाको बडीमालिका नगरपालिका वडा नम्बर ७ ढम्कनेका ५१ वर्षीय रामबहादुर थापाको जङ्गली च्याउ खाएर मृत्यु भएको हो ।

सोमबार दिउँसो जङ्गलमा उम्रिएको च्याउ खाँदा उनी बिरामी परेका थिए । थापाको जिल्ला अस्पताल बाजुरामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक तथा प्रवक्ता नरेश बहादुर शाहीले जानकारी दिए ।

विषालु च्याउ खाई बिरामी भएर अस्पतालमा उपचारका क्रममा राति ११ बजेर ४० मिनेटमा चिकित्सकले थापालाई मृत घोषणा गरेका हुन् ।

साथै जङ्गली च्याउ खाएर मृतक थापाकी श्रीमती अन्दाजी ५० बर्षीया नाम्सरी थापा गम्भीर बिरामी भएकी छन् ।

विषालु च्याउ खाएर गम्भीर भएकी थापाको अस्पतालमा उपचार भइरहेको छ । घटना हुनासाथ खबर पाएपछि प्रहरी नायव उपरीक्षक शैलेश्वरी बोहराको नेतृत्वको टोली घटनास्थलमा पुगेको थियो ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय