FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

जिल्ला प्रहरी कार्यालय धनुषाले अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका ११ जना प्रतिवादीलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाले सोमबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार नेपाल सरकार गृह मन्त्रालयअन्तर्गतको फैसला कार्यान्वयन अभियानका क्रममा जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी टोलीले खोजतलास गरी फरार प्रतिवादीहरूलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार पक्राउ परेकामध्ये सवारी ज्यानका छ जना, लागु औषधमा चार जना, कुटपिट र लुटपिटको एक गरी ११ जना पक्राउ परेका छन् भने एक जनालाई २ वर्ष कैद र २० हजार रुपियाँ जरिवाना, केहीलाई ६ महिना कैद तथा २ हजार रुपियाँ जरिवाना, तथा अन्यलाई २० देखि २८ दिनसम्म कैद सजाय तोकिएको थियो।

पक्राउ परेका सबै प्रतिवादीलाई आवश्यक कानुनी कारबाहीका लागि सम्मानित धनुषा जिल्ला अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। प्रहरीले अदालतको फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउन फरार प्रतिवादीहरूको खोजी तथा पक्राउ अभियानलाई निरन्तरता दिने जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय