FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको भीमफेदी–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा ट्रक पल्टँदा एक जनाको मृत्यु भएको छ । भने एक जना घाइते भएका छन् ।

 

प्रहरीका अनुसार पालुङबाट वीरगञ्जतर्फ तरकारी बोकेर जाँदै गरेको मधेश प्रदेश ०३-००२ ख ५०९५ नम्बरको ६ चक्के डिब्बा ट्रक राति करिब २ः३० बजे वर्षा र बाक्लो हुस्सुका कारण ओरालो सडकमा चिप्लिएर अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा ट्रक चालक मकवानपुर राक्सिराङ गाउँपालिका–९ निवासी २३ वर्षीय रञ्जित कार्की घाइते भएका थिए । उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

त्यसैगरी ट्रकमा सवार चालकका काका ३६ वर्षीय अर्जुन कार्कीको मुत्यु भएको छ ।

ट्रकमा सवार चालक मकवानपुर, राक्सिराङ–९ का २३ को रंजीत कार्की र काका नाता पर्ने ३६ वर्षीय अर्जुन घाइते भएकामा उद्धार गरी उपचारको लागि हेटौँडा ल्याइएको थियो ।

हेटौँडा अस्पतालका चिकित्सकले बिहान ९ः१५ बजे अर्जुनलाई मृत घोषणा गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय