FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

रौतहटको गुजरा नगरपालिका–३ स्थित धनसार पुल नजिक महेन्द्र राजमार्गमा आज बिहान पेट्रोल बोकेको एक ट्यांकर दुर्घटना भई आगलागी भएको छ ।

बाराको अमलेखगञ्जबाट सर्लाहीतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ख ७८११ नम्बरको ट्यांकर बिहान अन्दाजी ५: ३० बजे दुर्घटनामा परेको हो ।

सडकमा अचानक निस्किएको मृगलाई बचाउने क्रममा अनियन्त्रित भई ट्यांकर सडकको दाहिनेतर्फ पल्टिएको थियो । पल्टिएलगत्तै ट्यांकरमा अचानक भीषण आगलागी भएको प्रहरीले जनाएको छ ।

घटनाको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट प्रहरी नायब उपरीक्षक (डिएसपी) सत्य नारायण थापाको कमाण्डमा १० जना र जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रपुरबाट प्रहरी निरीक्षक (इन्स्पेक्टर) राजेन्द्र थापा मगरको कमाण्डमा ५ जना गरी कुल १५ जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो ।

चन्द्रपुर नगरपालिका र बाराको निजगढ नगरपालिकाबाट आएका दमकलहरूको सहयोगमा बिहान ६: ५० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो । आगलागीबाट ट्याङ्कर पूर्ण रूपमा क्षति भएको छ । दुर्घटनामा कुनै मानवीय क्षति भने नभएको प्रहरीले स्पष्ट पारेको छ ।

प्रहरीका अनुसार दुर्घटनामा परेका ट्यांकर चालक बाराको सिमरा उपमहानगरपालिका–११ बस्ने २५ वर्षीय समिर गुरुङलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रपुरले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

अहिले राजमार्गमा यातायात आवगमन पूर्ण रूपमा सुचारु भइसकेको छ । घटनास्थल चन्द्रनिगाहपुर बजारबाट करिब १३ किलोमिटर पश्चिममा पर्दछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय