बुधबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशकमा नागेन्द्र साहलाई नियुक्त गरेको छ।मुख्यसचिव गोविन्दबहादुर कार्कीका अनुसार साहलाई निगमको कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय भएको हो।
निगममै लामो समय काम गरेको अनुभवका आधारमा साहलाई कार्यकारी निर्देशकको जिम्मेवारी दिने निर्णय गरिएको बताइएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले खुला प्रतिस्पर्धाबाट कार्यकारी निर्देशक छनोटका लागि आवेदन माग गरेको थियो।
प्रतिस्पर्धाबाट निगमका पूर्वनिमित्त कार्यकारी निर्देशकसमेत रहेका साह उत्कृष्ट तीन उम्मेदवारभित्र पर्न सफल भएका थिए। अन्तिम तीनमा साहसँगै कौशल केसी र सञ्जीवकुमार देव सिफारिस भएका थिए।








