FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

२३ साउन, काठमाडौं । सामाजिक सञ्जालमा चर्चित ‘जमजम ब्रदर्स’ अर्थात् मुहम्मद शकुर र अब्दुल गफुरले नेपालमा आफ्नो व्यवसाय विस्तार गरेका छन् । शनिबार उनीहरूले काठमाडौंको सुन्धारास्थित सिभिल मलमा ‘जमजम पर्फ्युम्स नेपाल’को औपचारिक उद्घाटन गरेका हुन्।

‘छोटे भाइ’ र ‘बडे भाइ’का रूपमा समेत परिचित मुहम्मद शकुर र अब्दुल गफुर शुक्रबार नेपाल आएका थिए । नेपालमा आफ्नो व्यवसाय विस्तार गर्ने क्रममा उनीहरूले शनिबार ‘जमजम पफ्र्युम्स नेपाल’को औपचारिक सुरुवात गरेका हुन्।

उद्घाटनपछि सञ्चारकर्मीहरुलाई छोटो प्रतिक्रिया दिँदै उनीहरुले नेपालमा सोचेको भन्दापनि बढि माया पाएको बताउँदै फेरी नेपाल आउने प्रतिबद्धता जनाए । ‘जति हामीले सोचेको थियौं त्यो भन्दापनि बढि माया नेपाली फ्यानको पायौं । मा पायौं त्यसको लागि धेरै धेरै धन्यवाद । हामी फेरी पनि नेपाल आउँने छौं’उनीहरुले भने ।

ग्याजेटका छोटा भिडिओ, कमेडी, पारिवारिक सामग्री तथा दाजुभाइबीचको प्रगाढ सम्बन्धका कारण जमजम ब्रदर्स सामाजिक सञ्जालमा चर्चित छन्। प्रायः एउटै किसिमको गेटअपमा देखिने उनीहरूका सामग्रीलाई विश्वभरबाट ठूलो संख्यामा दर्शकले पछ्याउने गरेका छन्।

मुहम्मद शकुर र अब्दुल गफुरले मिर्जा फारुक बेग र रउफ बेगसँग मिलेर सन् २०१३ मा संयुक्त अरब इमिरेट्स (यूएई) मा इलेक्ट्रोनिक्स सामानको व्यवसाय सुरु गरेका थिए। नेपालमा भने उनीहरूको व्यवसायमध्ये ‘जमजम पर्फ्युम्स’को बिक्री सुरु गरिएको हो।

नेपालमा व्यवसाय विस्तारसँगै जमजम ब्रदर्सले नेपाली बजारमा आफ्नो ब्रान्डको उपस्थितिलाई थप विस्तार गर्ने तयारी गरेको बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय