FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

लमजुङको बेसीशहर नगरपालिका–३ दनाई गाउँमा शनिबार जीप दुर्घटना हुँदा सात जना घाइते भएका छन्।

रानीकुवाबाट गाउँशहरतर्फ जाँदै गरेको गण्डकी प्रदेश ०१–००१ ज ००५१ नम्बरको जीप दिउँसो करिब २ः५० बजे अनियन्त्रित भई सडक छेउमा पल्टिएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ। जीपमा चालकसहित आठ जना सवार थिए।

दुर्घटनामा बेसीशहर नगरपालिका-३ दनाई गाउँका ४० वर्षीया मैया दुलाल, ६१ वर्षीया राधिका घर्ती, ५० वर्षीया मैया मालुवा, ४० वर्षीय काजीराम हिमाली, ५७ वर्षीय सन्तबहादुर सार्की, ७० वर्षीया सन्तमाया नेपाली र ४५ वर्षीया रिता मगर घाइते हुनुभएको छ ।

घाइतेमध्ये हिमालीको अवस्था मध्यम रहेको प्रहरी निरीक्षक ज्ञानेन्द्र क्षेत्रीले जानकारी दिनुभयो । अन्यको अवस्था सामान्य छ। उनीहरूलाई प्रहरी टोलीले उद्धार गरी उपचारका लागि प्रदेश अस्पताल लमजुङ पठाएको थियो।

दुर्घटनालगत्तै प्रहरी नायब निरीक्षक भरत थापाको नेतृत्वमा जिल्ला प्रहरी कार्यालयबाट १५ जनाको टोली घटनास्थल पुगेको थियो। जीप चालक बेसीसहर–३ का ४० वर्षीय निर्मल देउजालाई चोटपटक लागेको छैन। उनलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

घटनास्थल जिल्ला प्रहरी कार्यालय लमजुङबाट करिब तीन किलोमिटर पश्चिममा पर्छ। दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय