FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ।

हाल बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लागेको छ, देशको बाँकी भूभागमा आंशिक बादल देखि मौसम मूख्यतया सफा रहेको छ । बागमती प्रदेशका थोरै स्थानमा तथा गण्डकी प्रदेशको एकरदुई स्थानमा हल्का वर्षा भईरहेको छ ।

आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। देशको हिमाली भूभागका केही स्थानमा मध्यमसम्मको वर्षा रहिमपातको सम्भावना छ। देशका पहाडी भूभागका धेरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ। लुम्बिनी र सुदुरपश्चिम प्रदेशका तराई भूभागका केही र मधेश प्रदेशका साथै कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ।

कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागका साथै कर्णाली प्रदेशको पहाडी भूभागका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

आज राति देशभर साधारणतया बादल लाग्नेछ। देशको हिमाली भूभागका केही स्थानमा वर्षा र हिमपातको सम्भावना छ। कोशी र सुदुरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका धेरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ। मधेश प्रदेशका साथै कर्णाली प्रदेशको पहाडी भूभाग तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ।

कोशी प्रदेशको हिमाली, पहाडी र तराई भूभाग साथै बागमती प्रदेशका हिमाली र पहाडी भूभाग तथा गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभाग, मधेश प्रदेश साथै सूदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागका एकरदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय