काठमाडौं । आज राष्ट्रिय भू-संरक्षण दिवस मनाइँदै छ । विभिन्न कार्यक्रम भू-संरक्षण दिवस मनाउँन लागेको हो ।
बाढी, पहिरो, भू-क्षयजस्ता प्राकृतिक प्रकोप कम गर्दै पारिस्थितिक सन्तुलन कायम राख्न सहयोग पुर्याउन र भू-क्षय कम गरी जमिनको उर्वराशक्ति कायम राख्न तथा पूर्वाधार संरक्षण गर्ने उद्देश्यले यो दिवस मनाउन लागेको हो ।
राष्ट्रिय भू-संरक्षण दिवस विसं २०३१ देखि मनाउने गरिएको पाइन्छ । भू-तथा जलाधार संरक्षण विभाग स्थापना भएको साउन २४ गतेलाई ‘भू-संरक्षण दिवस’का रूपमा मनाउने गरिएको हो ।






