FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

२५ साउन, काठमाडौँ । रातभर परेको अविरल वर्षाका कारण आएको लेदो तथा पहिरोले बीपी राजमार्ग अवरुद्ध भएको छ। राजमार्गका विभिन्न स्थानमा पहिरो खसेपछि सडकमा यातायात सञ्चालन प्रभावित भएको हो।

राजमार्गको कति स्थानमा पहिरो तथा लेदोले अवरोध पु-याएको छ भन्ने यकिन भइसकेको छैन। पहिरो खसेका स्थानमा सडक खुलाउन पहिरो पन्छाउने काम सुरु गरिएको प्रहरीले जनाएको छ।

यसैबीच, बीपी राजमार्गअन्तर्गत नार्के क्षेत्रमा माथिबाट लेदो र पहिरो आएर सडक ठूलो मात्रामा पुरिएको छ। वर्षा जारी रहेकाले थप पहिरोको जोखिमसमेत रहेको जनाइएको छ।

सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न काभ्रे र सिन्धुली प्रहरीले यात्रुलाई आग्रह गरेका छन्।

राजमार्ग अवरुद्ध भएपछि काठमाडौंबाट पूर्वतर्फ जाने तथा पूर्वबाट काठमाडौं आउँदै गरेका यातायातका साधन बाटोमै रोकिएका छन्। काठमाडौंबाट पूर्वतर्फ गएका सवारीसाधन भकुण्डेमा र पूर्वबाट काठमाडौं आउँदै गरेका सवारीसाधन खुर्कोटमा रोकिएका छन्।

सडक खुलाउने प्रयास भइरहे पनि वर्षाका कारण पहिरो झर्ने क्रम जारी रहेकाले यात्रामा थप समस्या हुन सक्ने प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय