FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

काभ्रेको रोशी गाउँपालिका–९ पिन्थली, नार्केमा वर्षासँगै लेदोसहितको पहिरो खसेपछि केही समय पूर्णरूपमा अवरुद्ध भएको बीपी राजमार्ग पुनः दुईतर्फी सञ्चालनमा आएको छ।

गएराति परेको अविरल वर्षाका कारण सडकको माथिल्लो भागबाट ठाउँ-ठाउँमा लेदोसहितको पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको थियो। पहिरोका कारण केही समय उक्त सडकखण्डमा सवारीसाधनको आवतजावतसमेत ठप्प भएको थियो।

पहिरो हटाएपछि अहिले बीपी राजमार्गमा दुवैतर्फी सवारीसाधन सञ्चालन भइरहेको प्रहरीले जनाएको छ। यद्यपि, वर्षा निरन्तर भइरहेकाले सडकका विभिन्न स्थानमा पुनः पहिरो तथा लेदो खस्ने जोखिम कायमै रहेको प्रहरीले जनाएको छ।

प्रहरीले बीपी राजमार्ग हुँदै यात्रा गर्ने यात्रु तथा सवारी चालकलाई सावधानी अपनाउन, सडकको अवस्था बुझेर मात्र यात्रा गर्न तथा सम्भावित जोखिमप्रति सचेत रहन आग्रह गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय