FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

कालीकोट । कालीकोटमा ब्रेक फेल भएर अटो दुर्घटना हुँदा चार जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

जिल्लाको खाँडाचक्र नगरपालिका-७, पिलीस्थित सुर्खेत-जुम्ला सडकखण्डमा सोमबार बिहान करिब ९ः३० बजे दुर्घटना भएको हो ।

पिलीबाट मान्मतर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ह ११९४ नम्बरको अटो अचानक ब्रेक फेल भएपछि सडकको भित्तामा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।

अटोमा चालकसहित पाँच जना सवार थिएँ । दुर्घटनापछि अस्थायी प्रहरी पोष्ट पिलीबाट प्रहरी वरिष्ठ हवल्दार वीरेन्द्रबहादुर मल्लको कमाण्डमा खटिएको तीन सदस्यीय प्रहरी टोलीले घटनास्थलमा पुगेर घाइतेको उद्धार गरेको थियो। घाइतेहरूलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल मान्म लगिएको छ ।

दुर्घटनामा महाबै गाउँपालिका-५, गेला निवासी ३५ वर्षीय मंगल शाही र सोही ठाउँकी २५ वर्षीया सविना शाही गम्भीर घाइते भएका छन् । उनीहरूको शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ ।

त्यस्तै, महाबै गाउँपालिका-६ की २६ वर्षीया प्रतिमा आचार्य र वडा नम्बर ५ का २९ वर्षीय कुलप्रसाद भट्टराई मध्यम घाइते भएका छन् । आचार्यको शरीरका विभिन्न भागमा तथा भट्टराईको हातमा चोट लागेको छ ।

अटो चालक खाँडाचक्र नगरपालिका-७, पिली निवासी ४७ वर्षीय कृष्णबहादुर मल्ललाई भने चोटपटक नलागेको र प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय कालीकाेटका प्रहरी नायब उपरीक्षक (डिएसपी) हिमबहादुर खत्रीले बताउनुभयाे ।

दुर्घटनामा परेको अटो घटनास्थलमै रहेको छ भने सडकमा आवतजावत अवरुद्ध नभएको खत्रीले बताउनुभयाे। घटनास्थल अस्थायी प्रहरी पोष्ट पिलीबाट करिब दुई किलोमिटर पूर्वमा पर्छ ।

घटनाबारे थप विवरण संकलन भइरहेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय