प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’लाई भेटेर भारतीय राजदूत नविन श्रीवास्तव फर्किएपछि चिनियाँ राजदूत चेन सोङ सिंहदरबार पुगेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा प्रधानमन्त्री बालेन र चिनियाँ राजदूत चेन सोङबिच भेटवार्ता सुरु भएको छ ।
यसअघि प्रधानमन्त्री बालेनले सोमबारै भारतीय राजदूत श्रीवास्तवसँग भेटवार्ता गरेका थिए ।






