FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

रोल्पाको थबाङमा पहिरोले घरहरू पुरिँदा मृत्यु भएका र बेपत्ता हुनेहरूको सूची प्रहरीले सार्वजनिक गरेको छ। प्रहरीको सूचीअनुसार गएराति पहिरोमा परेर तीन जनाको मृत्यु भएको र अरु ९ जना बेपत्ता भएका प्रहरीले जनाएको छ।

थवाङ गाउँपालिका- ५ कोटलबारामा गएराति अविरल वर्षासँगै आएको पहिरोले घर तथा गोठहरु पुरिँदा ठूलो मानवीय क्षति भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले जानकारी दिए।

बुधबार राति ८:४० बजेतिर पहिरो खस्दा स्थानीय कमलबहादुर पुन मगरको घरसहित स्थानीयका ६ वटा घरगोठ पुरिएको हो। ती घर-गोठमा मानिससँगै पशु, चौपायाहरू पनि पुरिएका छन्।

 

पहिरोमा ज्यान गुमाउनेहरू

१. जिल्ला रोल्पा थबाङ गा.पा. ५ बस्ने बर्ष अं. १८ कि शान्ती पुन मगर
२. ऐ ऐ बस्ने बर्ष अं. ६० को कमल बहादुर पुन मगर
३. ऐ.ऐ.बस्ने बर्ष ७१ कि मनरखी पुन मगर

घाइतेको विवरण

१. ऐ.ऐ. बस्ने बर्ष अं. २२ को हिमाल पुन मगर
२. ऐ. बस्ने बर्ष २५ को संजय घर्ती मगर
(प्रहरी र स्थानियको सहयोगमा उद्दार गरी उपचारार्थ पठाउने पहल भैरहेको, दुवैको अवस्था गम्भीर)

पहिरोमा बेपत्ता हुनेहरूको विवरण

१) ऐ.ऐ. बस्ने कमल पुन मगर को छोरी बर्ष ४० की जुन कुमारी पुन मगर
२) ऐ.ऐ. बस्ने बर्ष ९ को अशिम पुन मगर
३) ऐ.ऐ. बस्ने बर्ष ६ को अशोक पुन मगर
४) ऐ.ऐ. बस्ने बर्ष ७५ को डल बहादुर पुन मगर
५) ऐ.ऐ. बस्ने बर्ष ८० को अजम्बर पुन मगर
६) ऐ.ऐ. बस्ने बर्ष ७८ को बल बहादुर पुन मगर
७) ऐ.ऐ. बस्ने बर्ष ७२ को लिल बहादुर पुन मगर
८) ऐ.ऐ. बस्ने बर्ष ७१ कि मनि पुन मगर
९) ऐ.ऐ. बस्ने बर्ष ६७ कि हस्तकला रोका मगर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय