FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

२९ साउन, बाजुरा । बाजुराको त्रिवेणी नगरपालिका-९ ताम्सुमा पहिरोमा परी बेपत्ता भएका र घाइतेको पहिचान खुलेको छ ।

बेपत्ता हुनेमा त्रिवेणी नगरपालिका-९ की २० वर्षीया प्रतीक्षा थापा रहेकी छिन् । पहिरोमा परेर स्थानीय धर्म थापा र धौलीदेवी रावल घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी नरेशबहादुर शाहीका अनुसार थापाको बायाँ खट्टा र शरीरमा तथा रावलको टाउको, खुट्टा र शरीरमा चोट छ । घाइते दुवै जनालाई उपचारका लागि जिल्ला अस्पताल मार्तडी ल्याइएको उनले बताए ।

अविरल वर्षापछि पहिरोले स्थानीय धर्म थापा र कर्णबहादुर थापाको घर पूर्ण रुपमा क्षति भएको छ । पहिरोले पुरिएर थापाकी छोरी प्रतीक्षा बेपत्ता छिन् । उनको खोजी गर्न प्रहरी नायव उपरीक्षक शैलेश्वरी बोहराको नेतृत्वमा प्रहरी टोली खटिएको । खोजी कार्य तथा उद्धारमा सशस्त्र प्रहरी बल, नेपाली सेना र स्थानीय समेत खटिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय