FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

३० साउन, काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत राष्ट्रिय महिला सशक्तीकरण परियोजनामार्फत सञ्चालित हवाई उद्धार कार्यक्रमअन्तर्गत मुगुकी एक सुत्केरी महिला र नवजात शिशुको हवाई उद्धार गरिएको छ।

मुगुको खत्याड गाउँपालिका-११, रातापानी निवासी ३८ वर्षीया दिपा भण्डारी स्थानीय स्वास्थ्य संस्थामा सुत्केरी भएपछि जटिल स्वास्थ्य समस्या देखिएको थियो। आमा र नवजात शिशुको स्वास्थ्य अवस्था जोखिममा परेपछि थप उपचारका लागि नेपाली सेनाको हवाई साधनमार्फत उद्धार गरी सुविधा सम्पन्न प्रदेश अस्पताल, सुर्खेत ल्याइएको हो।

दुर्गम तथा भौगोलिक रूपमा विकट क्षेत्रका गर्भवती तथा सुत्केरी महिलालाई समयमै विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले मन्त्रालयले हवाई उद्धार कार्यक्रम सञ्चालन गर्दै आएको छ। आकस्मिक तथा जटिल प्रसूतिको अवस्थामा आमा र नवजात शिशुको जीवनरक्षा तथा सुरक्षित उपचारमा पहुँच सुनिश्चित गर्न कार्यक्रम प्रभावकारी बन्दै गएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय