FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

अमेरिकी सरकारले नेपाली नागरिकलाई दिँदै आएको टेम्पोररी प्रोटेक्टेड स्टाटस (टीपीएस) सुविधा अन्त्य गर्ने निर्णय गरेको छ ।

अमेरिकी आप्रवासन सेवाका अनुसार नेपालको टीपीएस सुविधा एक वर्षअघि नै सकिएको थियो । तर, त्यसलाई फेरि कायम राख्ने वा पूर्ण रूपमा अन्त्य गर्ने भन्ने निर्णय हुन बाँकी थियो ।

अमेरिकी सरकारले अहिले नेपालका लागि टीपीएस कायम राख्नुपर्ने कानुनी आधार नरहेको भन्दै सुविधा अन्त्य गर्ने निर्णय गरेको हो ।

टीपीएसका कारण अमेरिकामा रहेका योग्य नेपालीले निश्चित समयसम्म कानुनी रूपमा बस्न र काम गर्न पाउने तथा देशनिकालाबाट अस्थायी सुरक्षा पाउने व्यवस्था थियो । अब टीपीएस समाप्त भएपछि अन्य कुनै वैध आप्रवासन हैसियत नभएका नेपालीले अमेरिका छाड्नुपर्ने अवस्था आउन सक्छ ।

अमेरिकाले नेपालसँगै हाइटी, सिरिया, यमन, अफगानिस्तान, क्यामरुन, होन्डुरस, निकारागुआ, भेनेजुएला, दक्षिण सुडान, म्यानमार, सोमालिया र इथियोपियालगायत देशका नागरिकको टीपीएस पनि अन्त्य गर्ने निर्णय गरेको छ ।

टीपीएस युद्ध, प्राकृतिक विपत्ति वा अन्य असाधारण परिस्थितिका कारण तत्काल आफ्नो देश फर्कन नसक्ने विदेशी नागरिकलाई अमेरिकाले दिने अस्थायी कानुनी सुरक्षा हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय