FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

३१ साउन, जाजरकोट । जाजरकोटको भेरी नगरपालिका-२ रिसाङमा अविरल वर्षापछि गएको पहिरोमा परी १० जना घाइते भएका छन् । पहिरोपछि तीन जना सम्पर्कविहीन भएका छन् ।

शनिबार दिउँसो करिब ४ बजेदेखि परेको अविरल वर्षाका कारण भेरी-२ रिसाङका विभिन्न स्थानमा पहिरो गएको हो । पहिरोले घर तथा अस्थायी टहरा भत्काउनुका साथै केही घर जोखिममा परेका छन् ।

घटनालगत्तै घाइतेको उद्धार तथा सम्पर्कविहीन भएकाहरूको खोजीका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको ५० जनाको टोली परिचालन गरिएको छ ।

पहिरोका कारण भेरी नगरपालिका-३ स्यालाका पूर्णबहादुर विकको ढुंगा-माटोले बनेको दुईतले कच्ची घर पूर्णरूपमा क्षति भएको छ । घरमा रहेका पाँच जना परिवारका सदस्य भने सुरक्षित रूपमा आफन्तको घरमा बसेका छन् । सोही स्थानका भैरवी केसीका दुईवटा टिनका अस्थायी टहरा पनि पूर्णरूपमा क्षति भएका छन्। ती टहरामा भने मानिस बसोबास नगर्ने जनाइएको छ ।

पहिरोमा परी घाइते हुनेमा भेरी-२ रिसाङका ६० वर्षीय रामबहादुर शाही, ४५ वर्षीय सिद्धिबहादुर कामी, ५७ वर्षीया भद्राकली कार्की, भेरी–१ डौरीकाँडाका ४५ वर्षीय मनवीर चदरा, १६ वर्षीया मनिषा विक, ४७ वर्षीया मोतीकला विक, भेरी-२ का करिब ५२ वर्षीय केदार कार्की, करिब २३ वर्षीया अनिता कार्की, १० वर्षीय युनिश शाही र ४५ वर्षीया सुन्तली चदरा रहेका छन् ।

रामबहादुर शाहीको छाती, टाउको र हातमा चोट लागेको छ । जिल्ला अस्पताल जाजरकोटमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि राति नेपालगञ्ज रिफर गरिएको छ । सिद्धिबहादुर कामीको ढाडमा चोट लागेको छ र उनको जिल्ला अस्पतालमै उपचार भइरहेको छ ।

भद्राकली कार्कीको शरीरका विभिन्न भागमा चोट लागेको छ। गम्भीर अवस्थामा रहेकी उनलाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि सुर्खेत रिफर गरिएको छ । केदार कार्कीलाई पनि जिल्ला अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ ।

मनवीर चदरा, मनिषा विक र मोतीकला विकको स्थानीय मेडिकलमा उपचार भइरहेको छ। अनिता कार्की, युनिश शाही र सुन्तली चदराको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको जनाइएको छ ।

पहिरोपछि भाग्ने क्रममा भेरी नगरपालिका–२ फारुलाका करिब ५४ वर्षीय उमासिंह खत्री, चिसापानीका करिब ७० वर्षीय भीमबहादुर कार्की र भेरी-२ का करिब ८७ वर्षीया रती खत्री सम्पर्कविहीन भएका छन् ।

उनीहरूको खोजी तथा घाइतेको उद्धारका लागि सुरक्षाकर्मीको टोली घटनास्थलमा परिचालन गरिएको छ । घटनास्थलमा पहिरोका कारण भएको क्षति तथा उद्धार कार्यबारे थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय