काभ्रेको खानीखोला गाउँपालिका–१ स्याउलीथलीमा बोलेरो जीप सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन्।
पनौती–तालढुङ्गा भित्री सडकखण्ड अन्तर्गत स्याउलीथलीमा नम्बर नखुलेको बोलेरो गाडी अनियन्त्रित भई सडकबाट तल खसेको हो।
दुर्घटनामा बोलेरोमा सवार हाल नाम, थर र वतन नखुलेका दुई जनाको घटनास्थलमै ज्यान गएको छ। गम्भीर घाइते भएका तीन जनालाई उपचारका लागि पठाउने तयारी भइरहेको छ। घटनास्थलमा उद्धारका लागि प्रहरी टोली तथा एम्बुलेन्स खटिएको छ।






