FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

२ भदौ, सर्लाही । जिल्ला प्रहरी कार्यालय सर्लाहीले ठुलो परिमाणमा लागू औषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले लाल बन्दी नगरपालिका–१ नवलपुरस्थित अञ्जली अस्पताल अगाडिबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक वेद प्रसाद गौतमका अनुसार विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय नवलपुरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा डाबरीबाट लाल बन्दीतर्फ जाँदै गरेको मधेस प्रदेश ०३–००१ ह २४४५ नम्बरको अटोबाट गाँजा बरामद गरेको जनाएको छ ।

अटोभित्र लुकाइछिपाई लैजाँदै गरिएको अवस्थामा पाँच वटा पोकामा राखिएको २२ किलो ८२० ग्राम गाँजा फेला परेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा अटो चालक सर्लाहीको हरिवन नगरपालिका–१ घुकौली बस्ने ३० वर्षीय सुशील साह रहेका छन् । यस्तै, सोही स्थान बस्ने २५ वर्षीया जगतारण साह र २५ वर्षीया राधिका साह पनि पक्राउ परेका छन् । प्रवक्ता गौतमका अनुसार पक्राउ परेका तीनै जनाविरुद्ध लागू औषध मुद्दामा अनुसन्धानका लागि अदालतबाट ७ दिनको म्याद थप गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय