FLASH NEWS
विवाहपञ्चमीको निम्तो लिएर ‘भार’सहितको टोली सरयु कमला एक्सप्रेसबाट अयोध्या प्रस्थान । रास्वपाले झोला त्यागेर फाइल र डायरी प्रयोग गर्छ : सभापति लामिछाने । कांग्रेसको नाम, झण्डा र रूख चुनाव चिह्न प्रयोग गर्न कसैले रोक्न सक्दैन : डा.महत । नवौँ मेजर एन.बी. रुङमाहाङ अन्तरराष्ट्रिय आमन्त्रण रनिङ गोल्डकप फुटबल पुस ४ देखि । प्रधानमन्त्री शाहले दशौँ राष्ट्रिय खेलकुद उद्घाटन गर्ने, कर्णालीमा थप पूर्वाधार बनाइने । पूर्व प्रहरीको अनुभव र ऊर्जालाई देश निर्माणमा लगाउनुपर्छ :अध्यक्ष लिङ्देन । १२ वर्षपछि भिक्टोरियाको सत्ता गठबन्धनको हातमा, जेस विल्सन प्रिमियर बन्ने । सर्लाहीमा सांसद अमरेश सिंहलाई कालो झण्डा, विरोध प्रदर्शन गर्ने चार जना पक्राउ । यस्तो छ, शनिबार विदेशी मुद्राको विनिमयदर । २४ घण्टामा ट्राफिकले गर्यो ८७५ जनालाई कारबाही । नारायणगढ-मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द हुने । आजको मौसम : तराईका केही स्थानमा हुस्सु तथा तुवाँलो लाग्ने ।

२ भदौ, काठमाडौं । आज पाँच वटा संसदीय समितिको बैठक बस्दै छ ।

मंगलबार कृषि तथा प्राकृतिक स्रोत समिति, पूर्वाधार विकास समिति, विधायन व्यवस्थापन समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्ने भएको हो । कृषि तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान ९ः३० बजे बस्ने भएको हो ।

बैठकमा कृषि, वन तथा पर्यावरण मन्त्रालयद्वारा गठित मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन प्राविधिक कार्यदलद्वारा तयार पारिएको प्रतिवेदन “A Brief Technical Report on Addressing Human–Wildlife Conflict in Nepal: A National Strategy for Conflict Management, Mitigation and Coexistence” माथि छलफल, हुने छ । यसैगरी, बिहान १० बजे बस्ने पूर्वाधार विकास समितिको बैठकमा १। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) र यसले भोग्नुपरेका समस्याका विषयमा छलफल हुने छ ।

बिहान १०ः३० बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा मदन पुरस्कार गुठीको स्थलगत अवलोकन तथा विविध विषयमा छलफल हुने छ । यसैगरी, बिहान ११ बजे बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठमा सरकारद्वारा नियुक्त हुने निकायका पदाधिकारीमा समावेशी तथा समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्ने सम्बन्धमा छलफल हुने कार्यसूची छ । विधायन व्यवस्थापन समितिको बैठक ११ः३० बजे बस्ने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय