FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

२ भदौ, काठमाडौं । सोमबार सरकारले खोलेको करदाता प्रोत्साहन उपहार कार्यक्रमका विजेताको नाम सार्वजनिक गरिएको छ ।

१६ देखि ३१ साउनसम्म सामान खरिद गरेका करदातामध्येबाट १० लाख विजेता तुल पुडासैनी रहेको आन्तरिक राजस्व विभागले जनाएको छ ।

१ लाख विजेता करदाता १६ जना छन् । विभागका अनुसार यसरी १ लाख पुरस्कार जित्नेमा योगेश विश्वकर्मा, दिनेश तामाङ, अस्क्रिना राना, भगवती सापकोटा, रहिम महमद हवारी र महेशकुमार पौडेल विजेता बनेका छन् ।

यसैगरी राजेन्द्र थापा, कमला तामाङ, शिवनारायण बदही मिस्त्री, चुडामणि दनाई, रमेश साह कानु, मनिष गौतम, घनश्याम तिवारी, राकेशकुमार सिंह, विकास गुरुङ र चक्र बहादुर शाही १ लाख विजेता बनेका छन् ।

विभागका अनुसार विजेता उपभाेक्ताले पुरस्कार दाबी नजिककाे आन्तरिक राजस्व कार्यालयमा गर्न सक्नेछन् । उनीहरूका लागि दाबी गर्ने अन्तिम मिति १६ भदाै ताेकिएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय