FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

 ३ भदौ, पाल्पा : पहिरो खसेपछि सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ ।

पहिरो खसेसँगै सडकमा ढुङ्गा, माटो तथा लेदो थुप्रिएपछि सिद्धार्थ राजमार्गमा सवारीसाधनको आवागमन पूर्ण रूपमा रोकिएको छ ।

राजमार्गको पाल्पा-बुटवल सडकखण्डको तिनाउ गाउँपालिका-३ स्थित सिद्धबाबा सुरुङमार्गको पाल्पातर्फबाट प्रवेश गर्ने बिन्दुभन्दा करिब १०० मिटर उत्तरतर्फ सडक माथिबाट पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको हो ।

आज बिहान ७ः०० बजेको समयमा ठूलो पहिरो खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिएका छन् । पहिरो खसेको स्थानमा सडक खुलाउने तथा अवरोध हटाउने तयारी भए पनि निरन्तर पहिरो झरिरहेका कारण तत्कालै काम सुरु गर्न सक्ने अवस्था नरहेको भट्टराईले बताए ।

राजमार्ग अवरुद्ध भएपछि तराईबाट पहाड जाने र पहाडबाट तराई झरेका सवारीसाधन बाटोमै रोकिएका छन् । उक्त मार्ग भएर पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जा, कास्की, पर्वत, म्याग्दी, मुस्ताङ, बाग्लुङसम्मका सवारीसाधन सञ्चालन हुन्छ ।

प्रहरीले पहिरो प्रभावित क्षेत्रमा अनावश्यक रूपमा आवतजावत नगर्न तथा सडक खुल्ने अवस्था नआएसम्म यात्रु तथा चालकलाई सुरक्षित स्थानमा रहन प्रहरी प्रशासनले सबैमा अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय