FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

राष्ट्रिय स्वतन्त्र पार्टीं(रास्वपा)ले संसदीय दलकाे विधान संशाेधन गर्न कार्यदल गठन गरेकाे छ ।

बुधबार सिंहदरबारमा बसेकाे रास्वपा संसदीय दलकाे बैठकले रास्वपा संसदीय दलकाे विधानलाई समयानुकूल बनाउन प्रमुख सचेतककाे संयाेजकत्वमा विधान संशाेधन कार्यदल गठन गरेकाे संसदीय दलका उपनेता गणेश पराजुलीले जानकारी दिनुभयाे ।

उक्त कार्यदललाई ७ दिनभित्र प्रतिवेदन तथा कार्यविधि तयार गर्ने जिम्मेवारी दिइएकाे छ । संशाेधित विधानमार्फत सांसदहरूलाई संसद्मा उपस्थित हुँदा मर्यादा पालना गराउने, आ–आफ्ना जिम्मेवारी स्पष्ट पार्ने, जनपक्षीय आवाजलाई बुलन्द बनाउने र कानुन निर्माण प्रक्रियामा थप सक्रिय बनाउने उद्देश्य राखिएकाे उहाले बताउनुभयाे ।

बैठकमा मन्त्रीहरूले आ–आफ्नाे मन्त्रालयबाट भए–गरेका प्रगति विवरण र गतिविधिहरू बैठकमा राखेका थिए भने सांसदहरूले आफ्ना निर्वाचन क्षेत्रका समस्या, जनताबाट प्राप्त गुनासाहरू र सरकारका कामका कमजाेरी औंल्याएका थिए । सरकारले काम गरिरहे पनि त्यसकाे सन्देश आम जनतासम्म प्रभावकारी रूपमा पुग्न नससकेकाे बिषयमा आत्मसमीक्षा गरिएकाे पराजुलीले बताउनुभयाे ।

साथै रास्वपा सांसदहरुले वैशाख महिनामा बजारमा करिब २२ लाख सिलिन्डर आपूर्ति भएकाेमा साउन महिनामा बढेर ४० लाख सिलिन्डर पुग्दा पनि बजारमा किन अभाव देखियाे भन्ने विषय उठाएका थिए ।

मन्त्रीहरूले ग्यास अभाव हुनुकाे प्राविधिक तथा व्यवस्थापकीय कारणहरू स्पष्ट पार्दै यस समस्यालाई समाधान गर्न भइरहेका प्रयासहरूबारे जानकारी गराएकाे समेत दलका उपनेता पराजुलीले जानकारी दिनुभयाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय