FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

जाजरकोट, भदौ ५ गते। जाजरकोटको जुनीचाँदे गाउँपालिकामा अविरल वर्षापछि आएको बाढी तथा पहिरोमा परी दुई जना बेपत्ता भएका छन् । जुनीचाँदे गाउँपालिका –६ डोग्रामा डोग्राखोला थुनिएर फुट्दा आएको बाढीमा परेर स्थानीय ६४ वर्षीय देवबहादुर सिंह बेपत्ता हुनुभएको हो ।

यस्तै, शुक्रबार बिहान करिब २ बजे परेको अविरल वर्षाका कारण खोला थुनिएर जम्मा भएको पानी एक्कासि फुट्दा पानीघट्ट सञ्चालन गर्न जानुभएका सिंह सम्पर्कविहीन भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख एवं प्रहरी नायब उपरीक्षक बुद्धीसागर पुरीले जानकारी दिनुभयो ।

त्यस्तै, सोही वडाको छिर्का टोलकी करिब ३९ वर्षीया रचना थापा सेती खोलाले बगाउँदा बेपत्ता हुनुभएको छ। बुधबार साँझ करिब ७ बजे गोठबाट घरतर्फ फर्कने क्रममा थापालाई सेती खोलाले बगाएको प्रहरीले जनाएको छ। घटनाबारे बिहीबार बिहान करिब १० बजे जानकारी प्राप्त भएपछि प्रहरी टोली घटनास्थलतर्फ परिचालन गरिएको थियो।

बाढीले सोही क्षेत्रमा रहेका आठदेखि १० वटा पानीघट्टसमेत बगाएको प्रहरीले जनाएको छ। दुवै बेपत्ताको खोजी तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय